प्रधानसेनापति शर्मा भारत प्रस्थान, यस्तो छ कार्यक्रमको विवरण ! – The kathmandu news

प्रधानसेनापति शर्मा भारत प्रस्थान, यस्तो छ कार्यक्रमको विवरण !

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज (मंगलबार) नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत भ्रमणमा गएका हुन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

writepaperfor.me discount code Darwin Essay Coupon Codes JustDoMyHomework Promo Code, Coupons, Discount Codes and Review 1 discounts A month ago I ordered an essay and it was so bad that I couldn't even use it as a draft. Moreover