
काठमाडौँः राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा विष्णुराज ढकाल नियुक्त भएका छन्। कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रिस्तरीय निर्णयानुसार उनलाई नियुक्त गरिएको हो।
मन्त्रिस्तरीय निर्णायानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७को उपदफा(१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिइएको हो।
उनी मन्त्रालयका सहसचिव हुन् । नेपाल वाचबाट