
काठमाडौंः पाउल पोग्बा फ्रान्सेली टिम बाहिर परेका छन् । ‘थाइ’मा चोट बोेकेका पोग्बा फ्रान्सको विश्वकप छनोट खेल्ने टिमबाहिर परेका हुन् ।
२८ वर्षीय विश्वकप विजेता खेलाडीले सोमबार अभ्यासका क्रममा चोट लागेका थिए । सोही कारण शनिबार काजकिस्तान र नोभेम्बर १६ मा हुने फिनल्याण्ड विरुद्धको खेलमा पोग्बा बाहिरिएका हुन् ।