नेपालमा विकास नहोस् भन्ने तत्वहरुले एमसीसीबारे भ्रम छरेको भट्टराईको भनाई – The kathmandu news

नेपालमा विकास नहोस् भन्ने तत्वहरुले एमसीसीबारे भ्रम छरेको भट्टराईको भनाई

एमसीसीले देश खान्छ भन्ने भ्रम होः भट्टराई
काठमाडौंः पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताएका छन् । गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो। एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। यदि त्यस्तो भए,नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि! अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’

उनले सोमबारबाट पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गरेका हुन् । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताएका छन् ।

ucas personal statement help Discount Coupon school work online Dissertationhelp.com Discount Code my cv resume 3 discounts Service is okay sleekwriters discount code Essaywritinglab.co.uk Promo Code