अध्यक्ष श्रेष्ठले भने-प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिदैँन ! – The kathmandu news

अध्यक्ष श्रेष्ठले भने-प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिदैँन !

काठमाडौँः नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने बताएका छन् । आज (मंगलबार) बार परिसरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्याधिशबाट न्याय पाउने सम्भावना नरहेकाले राजीनामा आउनुपर्ने भन्दै आन्दोलनलाई शसक्त पार्ने बताएका हुन् ।

उनले न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी रहेको धारणा राखे । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि उनले आग्रह गरे । श्रेष्ठले राजनीतिक दलहरु एकैठाउमा रहेर न्यायपालीका भित्रको बेतिथीलाई रोक्नुपर्ने उल्लेख गरे । उनले न्यायधिश र बारको विश्वास नलिई नै पेशि तोक्ने काम गरेको आरोप समेत लगाए ।

त्यस्तै संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनले अबको आन्दोलन सर्वोच्च अदालतको ढोकाबाट छिर्नबाट पनि बञ्चित गर्ने गरी गर्ने चेतावनी दिए । उनले न्यायालयमा देखिएको समस्यामा राजनीतिक दलहरू हेरेर बसेको र समस्या समाधानमा चासो नदिएको आरोप लगाए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै एशोसिएसनले आन्दोलनलाई जारी राखेको हो । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् ।

paid resume 23.Promo Code08 Assignments UK Coupon Codes EssayWanted.com Discount Code 2023 writing college papers for money Paperslead.com Discount Code write my research paper for me free Power-Essays.com coupon code Qualityessay.com Coupon Code WritePass.com site discount EduZaurus Discout Code write paper for me discount code buyessay org discount code sleekwriters discount code