बैंकिङ क्षेत्रको समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यकः गभर्नर अधिकारी – The kathmandu news

बैंकिङ क्षेत्रको समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यकः गभर्नर अधिकारी

काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाइ सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन सुझाव दिएका हुन् ।

उनले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको स्मरण गरे । उनले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको धारणा राखे । गभर्नर अधिकारीले उत्पादनशिल गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने बताए ।

संघले नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान अध्यक्ष भुव कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनुभएको छ । संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

WOWGrade.net discount code HomeWorkFor.Me Discount Promo Codes Up to 40% can you do my math homework my mathla MyAssignmentHelp Promo code rush essay promo code Rightacademics.co.uk Discount Code Order-Essay-Online.net discounts amcas psychology classification 3.3 Promo Codes Available Thesisgeek.com Promo code 2023 2023 discounts of TrustMyPaper.com website that writes essay for you 6DollarsEssay.com Coupons 2023 Essay4Students.com Promo EssayShark Promo code EssayUSA Discount Promo Codes Up to 40% Researchpaperwritingservice.co.uk Discount Code