नेकपा माओवादी केन्द्रले एमसीसीबारे गर्यो यस्तो निर्णय !

0 Shares

काठमाडौंः सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता संसद्बमा अनुमोदन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले जस्ताको त्यस्तै नभई संशोधनपछि मात्रै एमसीसीसँगको सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको भनिएको पत्रबारे प्रश्न गरेका थिए। प्रधानमन्त्री देउवाले हालै एमसीसी अनुमोदन गर्छौं भनेर आफू र दाहालले पत्र पठाएको बताएपछि यो विषयले माओवादी बैठकमा प्रवेश पाएको हो।

एक नेता अनुसार राष्ट्रिय संवेदनशीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्ने दाहालको प्रस्तावमै बैठकले सहमति जनाएको हो। बैठकले राष्ट्रिय महाधिवेशन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

त्यस्तै न्यायालयको विवाद आन्तरिक भएको भन्दै त्यहींबाट समस्या समाधान गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

सम्बन्धित समाचार

सबै