
काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज (बुधवार) डडेलधुरा जाँदै छन्। एकीकृत समाजवादी डडेलधुराले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनि आज हेलिकप्टर चढेर डडेलधुरा जान लागेका हुन्।
एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशीको नेतृत्वमा एमालेको बहुमत संख्याको जिल्ला कमिटी नै समाजवादीमा प्रवेश गर्ने भएको छ। समाजवादीमा प्रवेश गर्न लागेका एमाले अध्यक्ष जोशीले बुधवार मध्याह्न १२ बजे पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल डडेलधुरा आउन लागेको जानकारी दिए।
जोशी डडेलधुरामा लामो समय एमालेको नेतृत्व गरिसकेका लोकप्रिय नेता हुन्। एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका अर्का एक नेताका अनुसार ५१ सदस्यीय साबिकको नेकपा (एमाले)को जिल्ला कमिटीमध्ये ४० जना एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका बताइएको छ।