एमालेको व्यवस्थापन समितिको बैठक आज बस्दै – The kathmandu news

एमालेको व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौंः नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बुधवार बस्दैछ। बैठकले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरेर निर्णय गर्ने नेताहरूले बताएका छन्। बैठक दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेले आगामी मंसिर १०(१२ चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ। एमालेले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्दैछ। महाधिवेशन मिति नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वबारे चर्चा परिचर्चा हुन थालेको छ।

नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरू बनाउने निर्णय गरेको थियो। सोही अनुसार प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयंसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ।

बाँकी चार वटा समितिहरू आज बस्ने व्यवस्थापन समितिको बैठकले घोषणा गर्ने तयारी गरेको एमाले केन्द्रीय सदस्य तथा महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार उपसमितिहरू फर्मेशन बाहेक प्रचार योजना, बजेट, महाधिवेशनका लागि आर्थिक संकलनको प्रक्रिया लगायतका विषयमा बैठकले निर्णय गर्नेछ।

त्यसका लागि पदाधिकारी, केन्द्रीय सदस्य र लाभको पदमा पुगेका बाहेक प्रत्येक संगठित सदस्यबाट सय रुपैयाँका दरले आर्थिक संकलन गर्ने एमालेको योजना छ।

Assignmentprime.com Promo Code LifeSaverEssays.com promo code Buy discount create cv online 25% Promo Code on Essay Leave a Promo TermPaperForYou.com Coupons 2023 EssayBot Promo Code, Coupons, Discount Codes and Review HomeworkDoer.org promo code Donedissertation.co.uk Coupon Code SleekWriters Discount Promo Codes Up to 40% Speedyessay.co.uk Coupon Code Buy discount what is my cv Eduzaurus.com Coupon Code DissertationOwl.com Coupon Essaywriter.co.uk Discount Code 7DollarEssay Coupon Code OnlineProofreadingServices.net coupon code 2023