रौतहट- गौर सहित जिल्लाको बिभिन्न स्थानमा वढ्दो भिडभाडलाई नियन्त्रण गर्ने उद्देश्यले आउँदो शुक्रबार राति १२ बजे देखि साना देखि ठूलो यातायात साथै होटेलहरू बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधवार बसेको जिल्ला कोभिड संकट नियन्त्रण बवस्थापन समितिले बैठकमा बैशाख २४ गते शुक्रबार राति १२ बजे देखि सबै सबारी साधनको साथै होटेलहरु बन्द गर्ने भएको छ। सदरमुकाम सहितको ग्रामिण भेगको वजारहरुमा मानिसहरुको भिडलाई नियन्त्रणगरी कोभिडको १९ जोखिमलाई कम गर्ने उद्देश्यले कडा कदम चाल्ने निर्णय गरिने जिल्ला प्रशासन कार्यालयद्धारा अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराउनु भएको छ।
जिल्लामा प्रतिदिन बढिरहेको कारोना संक्रमितको संख्यालाई नियन्त्रण एवं संक्रमितहरुलाई जोगाउनका लागि पहिलो चरणमा २, ३, ४ पाँग्रे सहित ठूला सवारी साधन र होटेल रेष्टुरेन्ट बन्द गर्ने र यसबाट प्रभाव नपरेमा अनि मात्रै निषेधाज्ञा लगाउन सकिने प्रजिअ यादवले बताए ।