0
Shares
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि सही विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् । उनले जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत आमनागरिकसँग उक्त अनुरोध गरेका हुन् ।
नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन उनले अनुरोध गरेका छन् ।
संघीयतापछिको पहिलो जनगणनाको मूल गणना बिहिबारबाट ९ मंसिरसम्म चल्नेछ । जनगणनाका लागि गणकहरु बिहान ९ बजेपछि घर घरमा पुग्नेछन् ।