प्रधानन्यायाधीशले तोके ९ इजलासमा १७७ मुद्दाको पेसी !

0 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू सहितका ९ वटा इजलास तोकेका छन् । उनले १ सय ७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन् । उनले तीनजना न्यायाधीशको पूर्ण इजलास तोकेका छन् ।

बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ।

सम्बन्धित समाचार

सबै