0
Shares
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।
जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।
कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रहसहित पत्र पनि पठाउँदै छ ।