0
Shares
काठमाडौंः नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज (बिहिबार) सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो। त्यस्तै, महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ।
हिजो बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।