एमाले महाधिवेशनः प्रतिनिधि छनोटको काम अझै बाँकी – The kathmandu news

एमाले महाधिवेशनः प्रतिनिधि छनोटको काम अझै बाँकी

चितवनः नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले २७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने बताएका थिए । महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले भने, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।” रासस

write and essay for me Essay Ace Coupon Code Cleverwritings.com Discount Code MastersThesisWriting.com Promo Codes Edusson.com Discount Code 2023 Bid4Papers.com fresh discount my online class Cheap Paper Writing Review (2022) Is This a Legit Service? studybay promo code ExclusivePapers.com coupon code Bestcustomessaypaper.com Discount Codes EssayAssist Discount Promo Codes