मन्त्री आलेले नेपाल भारत सम्बन्धबारे यसो भने !

0 Shares

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताएका छन् । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौंस्थीत भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उनले यस्तो बताए हन् ।

उनले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको पनि बताए । उनले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिएका हन् । पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिए ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गए । ५० वटा मोटरसाइकलको उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्ने बताइएको छ ।

सम्बन्धित समाचार

सबै