श्रम मन्त्री श्रेष्ठले दिए ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति ! – The kathmandu news

श्रम मन्त्री श्रेष्ठले दिए ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति !

काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्षित गरेर त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘उनले दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२र१४ जना मन्त्री बनाएको बताए । उनले अध्यक्ष ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखिया जस्तो सरुवा गरेको टिप्पणी समेत गरेका थिए ।

मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । ‘उनले भने, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले उपप्रधानमन्त्री बनाउनुभएका राजेन्द्र महतोले यो देशबाट स्वराज, मुक्ति आन्दोलन चलाउँछु भन्नुभएको थियो, त्यसैलाई संकेत गर्नुभएको होला,’ उनले थपे, ‘उहाँले के बोल्नुभएको हो र कस्तो आशय छ, त्यो सोध्नुपर्ला ।’

मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा श्रेष्ठको उक्त अभिव्यक्तिको चर्को विरोध भइरहेको छ । मन्त्री श्रेष्ठसँग तनहुँमा दिएको अभिव्यक्तिबारे बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

बहालवाला मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको यो पहिलोपटक होइन । विगतमा पदीय मर्यादाविपरीत हुने अभिव्यक्ति दिँदा कतिपयले मन्त्री पद नै गुमाएका छन् ।

paperhelp promo codes Buy coupon code now Buy Your Promocode Here AssignmentHelpOnline.co.uk discount code EssayEdge.com Coupons 2023 Masterpaperwriters.com Coupon Code RushMyEssay.co.uk Promo Your Promo Code EssaysProfessors.com Discount Codes, Promo Coupons and Vouchers 2023 ?? British Dissertations Help Coupon Code Edit-Proofread.com discount code