काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवले वक्तव्य जारी गर्दै कार्तिक २५ गते (बिहीवार) देखि ३० गतेसम्मका लागि आन्दोलन घोषणा गरेका हुन् ।
वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु.७० मा बिक्री गर्न सकिने दाबी गर्दै दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ? भन्दै प्रश्न गरिएको छ।
विप्लवले जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग मागसमेत गरेको छ।
कार्तिक २७ गते देशव्यापी रुपमा दिउसो १ बजे देखि २ बजेसम्म एक घण्टा प्रदर्शन गर्ने, २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने, २९ गते दिउसो सिठ्ठी जुलुस र साँझ मसाल जुलुस गर्ने भएको छ। त्यस्तै ३० गते बन्दको आह्वान समेत गरेका छन्।
