0
Shares
काठमाडौँः नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको स्वीट्जरल्याण्ड डेभलपमेन्ट सर्पोट नेपालको टीमबीच भेटवार्ता भएको छ ।
निधि निवास बानेश्वरमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा स्वीट्जरल्याण्डले खेलेको भूमिकाका विषयमा कुराकानी भएको थियो ।
स्वीट्जरल्याण्डको राजदूत सहितको टोलीले नेपालमा सुरुङ निर्माण लगाएतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेटमा निधिले स्वीस सरकारबाट नेपालले पाइरहेको सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, भेटमा नेपालको कृषि, पर्यटन लगाएतका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेको निधिले बताए ।
भेटका क्रममा स्वीस टोलीले सार्वजनिक खरिद ऐनका बारेमा चासो समेत देखाएको निधिले जनाए ।