पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

0 Shares

काठमाडौँः सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना काठमाडौँः पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति बिषयक अन्तक्र्रियामा उनीहरुले जनतालाई प्रत्यक्ष मर्कामा पर्ने गरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाइने बताए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले इन्धनको मूल्य वृद्धि फिर्ता नलिए शसक्त आन्दोलन गर्ने बताए ।

त्यस्तै कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय मूल्य अनुसार नै नेपालमा मूल्य समायोजन गरेको र यसमा पनि निगम घाटामा रहेको बताए । उनले अबको ६ महिनापछि पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा घट्ने दावी समेत गरे । पौडेलले ४५ दिनमा नै १० रुपैया भन्दा बढि मूल्यबृद्धि भएर आएको तर्क गन ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

सम्बन्धित समाचार

सबै