कानुन व्यवसायीको आजपनि आन्दोलन जारी, सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन – The kathmandu news

कानुन व्यवसायीको आजपनि आन्दोलन जारी, सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आजपनि आन्दोलन जारी राखेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताएपछि सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यसका लागि बिहान साढे ९ बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनीहरुको तयारी छ ।

यता सर्वोच्च अदालतले कानुन व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । बिहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।

Antiessays Discount Promo Codes Up to 40% Academic-Master.com Promo term paper service write for me Blog cvonline get your essay written for you Domyhomework.guru Discount Code grade miners promo code