प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको प्रचण्डको भनाई

0 Shares

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीहरुले बिभिन्न आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताएका हुन् ।

उनले प्रचण्डलाई जनताले नै जन्माएको भन्दै माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे । कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको धारणा राखे । बिप्लव , मोहन बैद्य लगायतका नेताहरु अव एकै ठाँउ आउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई माओवादी प्रवेश गराइएको थियो ।

सम्बन्धित समाचार

सबै