विश्वकपमा छनोट हुने पहिलो टिम बने दक्षिण अमेरिकी राष्ट्र – The kathmandu news

विश्वकपमा छनोट हुने पहिलो टिम बने दक्षिण अमेरिकी राष्ट्र

एजेन्सीः ब्राजिल सन् २०२२ को कतार विश्वकपमा छनोट हुने पहिलो टिम दक्षिण अमेरिकी राष्ट्र बनेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई एक शून्य गोलले पराजित गर्दै ब्राजिलले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

कोलम्बियाका गोल किपर डेविड ओस्पिनाले पाक्वेटाको प्रहार हातले रोक्ने प्रयास गरेपनि सफल भएनन् । यो नतिजा पछि दश राष्ट्र सहभागी छनोट खेलको तालिकामा शीर्ष स्थान ओगटेको ब्राजिलको १२ खेलबाट ३४ अंक भएको छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाको भन्दा ९ अंकले बढी हो ।

शीर्ष चारमा रहने टोलीले सिधै कतार विश्वकपमा स्थान बनाउनेछन् । पाँचौं हुनेले प्ले अफ खेल्ने मौका पाउनेछ । विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा ब्राजिलको यो लगातार एघारौ जित हो । जुन दक्षिण अमेरिकी क्षेत्रमा कीर्तिमान हो ।

साओ पाउलोमा भएको खेल निकै घम्साघम्सीपूर्ण भएको थियो । खेल अवधिभर कुल ४४ फाउल हुँदा सात पहेँलो कार्ड दिइएको थियो । अन्य खेलमा चिलीले पाराग्वेलाई एक शून्य गोलले हराउँदा इक्वेडरले भेनेजुएलालाई एक शून्य गोललेनै पराजित गर्यो । पेरुले बोलिभिया माथि तीन शून्यको जित हात पार्यो ।

Buy discount The List of Top Resume Services in 2020 Assignmentprime.com Promo Code Nerdify Coupon Code Essay4Today.com coupon code EduGuide.pro Discount Promo Codes Up to 40% Buy discount Masterpapers.com Discount Code Writer4Sale.com Promo indeed resume review promo code Writemyessayrapid.com Promo 2023 custom writing discount code SamedayEssay.com coupon code pay to get your resume done ParaphrasingUK.com coupon code college homework helper EduZaurus Coupon Code PaperNow.org discounts my paper writer promo code