मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनद्धारा आयल निगमको कार्यालय घेराउ

0 Shares

काठमाडौंः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । निगमको केन्द्रीय कार्यालय टेकु पुगेर बिद्यार्थीहरुले नाराबाजी गर्दै आज (शुक्रबार) आयल निगम घेराउ गरेका हुन् ।

विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।

उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए । सरकारले गएको बुधबार रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

 

सम्बन्धित समाचार

सबै