रौतहट प्रहरी दाूरा ठूलो मात्रामा लागुऔषध गाँजा सहित २ जना पक्राऊ – The kathmandu news

रौतहट प्रहरी दाूरा ठूलो मात्रामा लागुऔषध गाँजा सहित २ जना पक्राऊ

रौतहट, सदरमुकाम गौरबाट ठूलो मात्रामा लागुऔषधसहित २ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएका छन् ।
जिप्रका रौतहटले पाएको बिशेष सूचनाको आधारमा यस कार्यालयबाट चेक जाँचमा खटिएका प्रहरीले ९.३० बजेको समयमा गौर नगरपालिका वडा नम्बर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना८ ख ५९४३ नम्बरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद भएको जानकारी रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिएका छन्  । गाँजा संग ट्रक चालक मकवानपुरको थाहा नगरपालिकाे १२ घर भएका बर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ वर्षिय रिक्तम तामाँगलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख घिमिरेले बताए।
ठूलो मात्रामा बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा रहेका २ जनालाई जिल्ला अदलात गौरबाट लागुऔषध मुद्दामा न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको वहाँले बताए ।

accounting problems solved TermPaperWriter.org promo code