ए डिभिजन लिगको तयारी पुरा – The kathmandu news

ए डिभिजन लिगको तयारी पुरा

काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा एन्फाले मंसिर ३ गतेबाट सुरु हुने लिगको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

एन्फाले लिगमा साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मुल्य तोकेको जानकारी पनि दिएको छ । यस्तै, यस सिजनबाट एन्फाले हप्ताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने जनाएको छ । शुक्रबार, शनिबार र आईतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

उनले पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भइरहेको बताए । मनाङ क्लब मात्र पोखरा जाने अवस्था नभएमा केही चरणका खेल पोखरामा गर्ने विकल्प सहित छलफल अघि बढाइरहेको उनको भनाई छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्व र फ्रेन्ड्सविच प्रतिस्पर्धा हुनेछ । एन्फाले अहिलेसम्म दुई चरणका खेलको तालिका सार्वजनिक गरेको छ ।

SmartEssayRewriter.com site discount Admission-Essay.com Discount Code 2023 Study Faq Coupon Code Academic Mix Coupon Codes my math lab help Au.essay-writing-place.com Discount Code paperhelp org promo code pay to write paper college finance help CustomWritings.com Discout Code GradeMiners Discout Code Amblesideprimary.com discount