0
Shares
काठमाडौँः नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै उनीहरुले शुक्रबार बानेश्वरमा प्रर्दशन गरेका हुन् ।
कानुन व्यवसायीसहितले बेन्च बहिस्कार अन्त्य गर गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । कार्यक्रममा अधिवक्ता स्वागत नेपालले न्यायधिशले बेन्च बहिष्कार गर्दा आम जनता समस्यामा परेको बताए । उनले अव न्यायधिशहरुले जनताका लागि काम गर्ने बेला आएको भन्दै बारको आन्दोलनमा सहभागी नहुन आग्रह गरे ।
प्रदर्शनकारीले मेरो पेशी कहिले आउछ श्रीमान भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।