चीनका राष्ट्रपति सी जिन पिङ र बाइडेनबीच सोमवार वार्ता हुदैँ – The kathmandu news

चीनका राष्ट्रपति सी जिन पिङ र बाइडेनबीच सोमवार वार्ता हुदैँ

एजेन्सीः चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच आउँदो सोमवार वार्ता हुने भएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति मार्फत राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन अमेरिकाले चीनसँग मिलेर काम गर्नेमा आफू आशावादी रहेको बताए ।