जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने नेता रायमाझीको धारणा

0 Shares

काठमाडौँः नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको बताएका छन् । रिपोटर्स क्लब नेपालले आज (शनिबार) काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानन्यायधिशलाई महाभियोग लगाउने तिर एमालेको सोच नभएको बताएका हुन् ।

रायमाझीले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर पनि बताए ।

उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको आरोप लगाए । पार्टी फुटाउनको लागि अध्यादेश ल्याइएको भन्दै उनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको धारणा राखे । त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने बताए ।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको बताए । अदालतभित्र चलिरहेको आन्दोलन बारे पनि जानेर नै मौन रहेको उनको भनाई छ ।

त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे ।

सम्बन्धित समाचार

सबै