विद्युत आपुर्तिको समस्या छिटै समाधान हुने घिसिङको दाबी – The kathmandu news

विद्युत आपुर्तिको समस्या छिटै समाधान हुने घिसिङको दाबी

काठमाडौँः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपुर्तिको समस्या छिटै समाधान हुने बताएका छन् । आज (शनिवार) बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै घिसिङले विद्युत प्रशारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत आपूर्तिलाई छिट्टै समाधान गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन लागेको बताएका हुन् ।

उनले उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै खपत गर्ने बताउदै उद्योगहरुले मागे जति विद्युत उपलब्ध गराइने बताए । त्यस्तै उनले उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिने बताए ।

घिसिङले सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षण स्वरुप भारतमा विद्युत बिक्री गरिएको बताए । उनले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएकोले काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने देखिएको धारणा पनि राखे ।

Dissertationheaven.co.uk Promo code 2023 get an essay written for you for free Australian Help Coupon Code write my college essay for me school work to do Canadianwritings Discount Promo Codes Up to 40% 123helpmeme promo code Assignment Corner Coupon Codes Buy discount Bestassignmentservice.com Promo Code Promo Coupons Essay-on-time.com Discount an assignment to write an expository research paper could Essay-land.com Discount Coupon EssayFinder Discount Promo Codes Up to 40% College-paper.org Discount Code