0
Shares
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच उनले आज (आइतबार)का लागि १० वटा इजलास गठन गरेका हुन् ।
नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।
उनले एउटा एकल र ९ वटा संयुक्त इजलासका लागि २ सय ७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजलास नबस्ने बताएका छन् ।