बार आन्दोलनः जबराले राजीनामा नदिएसम्म अन्त्य नहुने निष्कर्ष

0 Shares

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दैँ नेपाल बार एसोसिएसनले आज (आइतबार) पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । यसअघि सर्वोच्चको गेटमा धर्ना दिएको बारले आइतबार सर्वोच्च भित्रै धर्ना दिएका हुन् ।

धर्ना दिने क्रममा केहिबेर प्रहरीले रोक्न खोजेको थियो । उक्त क्रममा केहि घाइते समेत भएको बारले जनाएको छ । धर्ना कार्यक्रममा बारका महासचिव लीलामणि पौड्यालले आफुहरुको आन्दोलन बिथोल्न खोजिएको भन्दै यसको जिम्मेवारी प्रधानन्याधिशले लिनुपर्ने बताए । उनले सोमबारबाट सबै आन्दोलन सर्वोच्च केन्द्रीत हुने बताए ।

त्यस्तै, सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफुहरुको धैर्यताको बाध फुट्ने संभावना बढेको चेतावनी दिए । शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने र प्रधानन्यायधिशलाई सर्वोच्च छिर्ने अधिकार नभएको पनि उल्लेख गरे । उनले आफुहरुको आन्दोलन ब्याक गियर नभएको आन्दोलन भएको भन्दै आन्दोलनलाई तुहाउन नदिने तर्क गरे ।

धर्नालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले विचौलिया मार्फत बारको आन्दोलन भाँड्न खोजेको आरोप लगाए । उनले न्यायलयमा विचौलिया र भ्रष्टचार फैलिएको भन्दै प्रधानन्यायधिशको राजीनामाबाट मात्र अबको निकास भएको उल्लेख गरे ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर आन्दोलन गरिरहेको छ । बारले आइतबार गरेको प्रदर्शनका क्रममा केहि समूहहरुले प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

सबै