एसले गरे यी कुराहरु गर्न सरकारलाई अपिल !

0 Shares

काठमाडौँः नेकपा एकीकृत समाजवादीले न्यायलयमा देखिएको संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै संकट समाधानको लागि एकीकृत अवधारणा बनाउन अपिल गरेको हो ।

न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै बैठकले कम्युनिष्ट आन्दोलनको पूनर्गठन र एकिकरणको प्रयासमा अझ सशक्त रुपले अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकल लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम लोकतान्त्रिक गठबन्धनलाईअझ कसिलो बनाउन आह्वान पनि गरेको छ ।

आम जनताको पहुँचलाई विस्तार गर्न, खोपको विस्तारलाई प्रभावकारी ढंगले अघि बढाउन, बालबालिकाहरुमा समेत सुरक्षित खोप उपलब्ध गराउन र कोभिड नियन्त्रण एवं रोकथामको प्रोटोकललाई कडाइका साथ लागु गर्न सरकारसंग माग गरिएको खतिवडाले बताए । बैठकले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोध गर्दै यथाशिघ्र फिर्ता गर्न माग गरेको छ । बैठकले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको खतिवडाले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारबाट कोभिड १९ का कारणले रोजगार गुमाएर वा अन्य अफ्ठ्याराले स्वदेश फर्किएका नेपालीलाई सहयोगको परिस्थिति निर्माणमा आवश्यक ध्यान दिन सरोकारवाला पक्षसंग आह्वान पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष एवं पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमालले पार्टी स्कुलको कार्ययोजना प्रस्तुत गरेका थिए भने महासचिव एवं संगठन विभाग प्रमुख डा.वेदुराम भुसालले संगठन निर्माण र परिचालनको संक्षिप्त योजना राखेका थिए ।

 

सम्बन्धित समाचार

सबै