पुनः विभिन्न मुलुकहरुमा धमाधम लकडाउन

0 Shares

एजेन्सीः युरोपेली मुलुकहरुमा धमाधम लकडाउनमा जान थालेका छन्। नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ। तर यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ।

नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ। अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ।

उता, जर्मनीमा पनि संक्रमण दर ह्वात्तै बढेपछि आगामी साताभित्र नयाँ मापदण्ड लागू गर्ने तयारी भईरहेको छ। नेदरल्याण्डले लकडाउन लाइट नाम दिएर गत शनिबारदेखि नै आवागमन र भेटघाटलाई साँघुरो बनाएको छ।

अर्को युरोपेली मुलुक बेल्जियममा पनि संक्रमणको दर निकै तीब्र बनेपछि त्यहाँको सरकारले नयाँ मापदण्डको विषयमा छलफल अघि बढाएको छ। यस्तै लाट्भियामा नोभेम्बरको शुरुदेखि नै लकडाउन गरिएको छ।

सवैभन्दा पहिले कोरोना खोप बनाएको दाबी गरेको रुसमा सवैभन्दा बढी संक्रमण बढेको छ। रुसको संक्रमणको गतिले स्पुतनिक खोपको प्रभावकारितामाथि पनि ब्यापक प्रश्न उब्जाएको छ।

सम्बन्धित समाचार

सबै