न्यायपालिकाको शाख बचाउन जबराले यथाशीघ्र राजीनामा दिनुपर्ने झाको भनाइ

0 Shares

काठमाडौँः लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य अजय झाले न्यायपालिकाको शाख बचाउने हो भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यथाशीघ्र राजीनामा दिनुपर्ने बताएका छन् । उनले अहिलेको न्यायपालिकाको स्थिति सुधार गर्न जबराको राजीनामा यथाशीघ्र आवश्यक रहेको बताएका हुन् ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै निरन्तर देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । त्यस्तै, जबराले राजीनामा नदिए कार्यकालभरी नै आन्दोलन जारी राख्ने चेतावनी समेत दिइएको छ ।

यता, लोसपाका केन्द्रीय सदस्य झा पनि प्रधानन्यायाधिशको राजीनामा अत्यन्त जरुरी रहेको बताउँछन् ।

सम्बन्धित समाचार

सबै