नेपाली बजारमा भोलभेल नामक नयाँ किटाणुनाशक बिक्रि वितरण आरम्भ

0 Shares

काठमाडौँः श्री राजदेवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलभेल नामक नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ ।

रसियास्थित जेएससी कन्सर्न ग्रेनिटद्वारा उत्पादित भोलभेल कोरोना, सार्स, हेपाटाइटिस ’ए’,’बी’,’सी’, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको कम्पनीले जनाएको छ ।

विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्ने पनि कम्पनीले दाबी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक पवन कुमार गर्गले विगत २ वर्षदेखि नेपाल लगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पिडित भइरहेको अवस्थामा अल्कोहलमुक्त भोलभेलले कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्ने दावी गरे ।

 

सम्बन्धित समाचार

सबै