लोसपाका नेता महतोले मागे प्रधानन्यायाधीश जबराको राजीनामा – The kathmandu news

लोसपाका नेता महतोले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन तत्काल राजीनामा दिन जबरालाई सुझाव दिए ।

जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीश समेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने धारणा राखे ।

paper help promo code