नेपाल बार र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु

0 Shares

काठमाडौंः प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ ।

छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिए पनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ । विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् ।

बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ ।

सम्बन्धित समाचार

सबै