
एजेन्सी फ्रान्सले आफ्नो देशको राष्ट्रिय झण्डा फेरेको छ। अब झण्डामा नीलो रङको स्थानमा गाढा नीलो रङ देखिने छ। यो रङ फ्रान्सिसी क्रान्तिको प्रतीक हो।
झण्डामा बदलाबलाई लिएर राष्ट्रपति इमानुएल म्याक्रोंको कडा आलोचना भइरहेको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति म्याक्रोंले यो परिवर्तन सन् १९१४ मा भएको दोस्रो विश्वयुद्धका आफ्ना सैनिक र फ्रि फ्रान्स क्रान्तिमा भाग लिने आफ्ना स्वयमसेवकको स्मरणमा गरेको जनाएको छ।
सन् १९७६ मा तत्कालीन राष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’स्टाइंगले युरोपेली संघको झण्डासँग सामन्जस्यता मिलाउनका लागि हल्का नीलो रंग प्रयोग गरेका थिए।
राष्ट्रपति कार्यालयले भनेको छ, ‘राष्ट्रपति इमानुएल म्याक्रोंले तीन रंगको झण्डामा गाढा नीलो ९नेवी ब्लु० रंग छानेका छन्। जसले फ्रान्सिसी क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्धका योद्धाको बलिदानलाई जनाउँछ।’