आन्दोलनको बीचमा प्रधानन्यायाधीश जबराद्धारा १० इजलासमा १८६ मुद्दाको पेसी गठन

0 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गदैँ आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।

बारको धर्ना जारी रहदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि पनि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधान भएको बताउदैँ आइरहेका छन् । यस्तै बारले जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम पनि दिएको छ ।

बुधबार बारको कार्यालयमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने बताएका छन् । उनीहरुले जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

सबै