एन्फाद्धारा कतार एयरवेजसँग सम्झौता नविकरण – The kathmandu news

एन्फाद्धारा कतार एयरवेजसँग सम्झौता नविकरण

काठमाडौँः अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको छ । शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको हो ।

यसअघि पनि कतार एयरवेज नै ए डिभिजन लिगमा मुख्य प्रायोजकको रुपमा रहेको थियो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्द इल इमानले सम्झौता नविकरण पत्रमा हस्ताक्षर गरेका छन् । अहिले पनि ए डिभिजन लिगको नाम ‘कतार एयरवेज ए डिभिजन लिग’ नै रहने छ ।

यो बर्ष लिगको प्रायोजन गरेबापत कतार एयरवेजले १ लाख ५० हजार डलर एन्फालाई प्रदान गर्ने छ । यो डलर रकम अर्को बर्ष ५ लाख पु¥याउने लक्ष्य रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । कतार एयरवेजका कन्ट्री म्यानेजर इमानले नेपालको फुटबलको विकासका लागि कतार सधैं तयार रहेको बताउँदै यो सम्बन्ध अझै लामो समय सम्म जाने विश्वास व्यक्त गरे ।

ए डिभिजन लिग शुक्रबारदेखि शुरुहुँदै छ । उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटोबीच प्रतिस्पर्धा हुने छ । १४ टिम सहभागि खेलमा सबै टिमले १३ खेल खेल्ने छन् । कुल ९१ खेलको नतिजाले ए डिभिजन लिगको उपाधि छिनोफानो हुने छ ।

 

Bid4papers.com Promo code 2023 3.25 discounts I calculated the price twice grademiners promo code types of academic paper make me a thesis write for me math lab code Essay-company Discount Coupon superior papers promo code Essaybasics.com Promo code 2023 Essay Roo Coupon Code RushMyEssay.co.uk discount code Peniton.co.uk Promo code 2023 Academized Promo Code 34% ProfEssays.com discount code sleekwriters discount code WiseEssays Discount Promo Codes Up to 40% Besttermpaper.com Coupon Code Dissertationhomework.net Coupon Code