कांग्रेसका डडेल्धुरा सभापति मल्ल सानेपामा बसे रिले अनसन

0 Shares

काठमाडौँः डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै अनसन बस्न बाध्य भएको मल्लले बताए । आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उनले बताए ।

जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाटै नाम थप गरेको उनीहरुको आरोप छ ।

सम्बन्धित समाचार

सबै