अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरि कार्तिक नाँच समापन – The kathmandu news

अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरि कार्तिक नाँच समापन

ललितपुरः पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार गएराती सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरिएको हो ।

भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको उनले बताए ।

वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

AssignmentExpert.com Promo Codes StormEssay.org coupon code do my homework online EssayWritersWorld Coupon Code Buy Your Promo Code On EssayVictory.biz ResearchPaperBee.com Discount TrustMyPaper.com fresh discount College-Paper.org Promo Code Kingsacademichelp.co.uk Promo code 2023 TheAcademicPapers.co.uk discount writemypapers promo code someone writing Britishdissertationshelp.co.uk Discount write research paper for me Acemypaper.com Promo code 2023 Galaxyessay.com Discount Coupon DoMyHomework123.com Discout Code how to write a research paper essay need a resume done