आइएमई डबलको डबल अफरको अन्तिम भाग्यशाली विजेता सार्वजनिक – The kathmandu news

आइएमई डबलको डबल अफरको अन्तिम भाग्यशाली विजेता सार्वजनिक

काठमाडौँः आइएमईले २०७८ का चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबल अफरको अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । बिहीबार प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट भएका छन् ।

बिजेताले १२ लाख ५२ हजार ४६४ रुपैयाँ जितेका छन् । उनले युएईबाट आइएमई गरेका थिए । आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका थिए । कार्यक्रममा अन्य साप्ताहिक बिजेताहरुपनि घोषणा गरिएको थियो । कार्यक्रममा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई डिजिटलाईजेशन गर्ने गरि काम सुरु गरिएको बताए । उनले रेमिट्यान्सबाट आउने पैसालाई लगानी गर्न सके विदेशमा दुख गरेको आर्जनको फाइदा लिन सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताए । चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो । ५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।

my matg lab Discount Code For Writing Service 6DollarsEssay.com Promo EssaysLeader.com discount ProfEssays.com Discount Codes, Promo Coupons and Vouchers 2023 ?? Discounts, Vouchers and Promo Codes for 2023 Cheapessaywritingservice.co.uk Discount Code illegal to write on money Essay Vikings Coupon Code Assignmentcorner.co.uk Discount Code buyessay.org discount code