0
Shares
काठमाडौँः भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं आएका छने । शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका थिए ।
काठमाडौंको बिमानस्थलमा स्वामी रामदेव र बालकृष्णलाई उनका अनुयायीहरुले स्वागत गरेका थिए । काठमाडौं आएपछि बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै योगगुरु रामदेवले भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल भएको र मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्ने जानकारी दिए ।
नेपालसंग आफ्नो तीनदशक देखिको आत्मिय सम्बन्ध रहेको उनतले बताए । नेपाललाई पतञ्जलीले नयाँ सौगात दिने उनको भनाई छ ।