0
Shares
काठमाडौंः नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ठुलो संख्यामा कर्मचारी मागेको छ। कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २ सय ७० जना कर्मचारीको दरखास्त आह्वान गरेको हो।
एसएलसी देखि माथि शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्। आवेदन फर्म भर्नको लागि अनलाइन मार्फत् आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ।