
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलित न्यायाधीशहरुले आजदेखि इजलासमा बस्ने तयारी गरेका छन् । तर, सँगै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनका पदाधिकारी र बार आवद्ध कानुन व्यवसायीहरुले भने आज पनि धर्ना र नाराबाजी गरेका छन् ।
बार भवनबाट सर्वोच्च अदालतको गेट अघिल्तिर नाराबाजी र धर्ना गर्न गएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोकेको छ । उक्त क्रममा प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी परेको छ । घम्साघम्सीमा दुई जना कानुन व्यवसायी घाइते भएका छन् ।