योगको अभ्यास सबैले गर्न जरुरी छः नेपाल

0 Shares

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले योगको अभ्यास सबैले गर्नुपर्ने बताएका छन् । उनले शुक्रबार पतञ्जलि योगपीठ मण्डिखाटारमा आयोजित पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

योग र साधनाको बेग्लै महत्व रहेको भन्दै उनले स्वास्थ्यलाई राम्रो बनाउनका लागि यो आवश्यक रहेको बताए । पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेपछि योगाभ्यासबाटै आफुलाई सजिलो भएको बताए ।

यस्तै उनले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार गर्नुपर्नेमा पनि जोड दिए ।

सम्बन्धित समाचार

सबै