प्रचण्डले एमालेका अध्यक्ष ओलीलाई खलनायकको संज्ञा दिएका छन्

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई खलनायकको संज्ञा दिएका छन् ।

शनिबार रौतहटको कटहरिया आयोजित सभालाई सम्बोधन गर्दै उनले ओलीलाई खलनायकको संज्ञा दिएका हुन् ।

आफूले मधेसी जनताको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव टेबुल गरे पनि ओलीले पारित गर्न अवरोध गरेको प्रचण्डको भनाइ छ । ‘मैले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव अघि सारेको थिएँ । केपी ओली भन्ने खलनायकले त्यसलाई पारित हुन दिएनन्, प्रचण्डले भने ।

ओलीले आफूलाई संघीयतावादी र माओवादीलाई संघीयता विरोधी भनेर स्थापित गर्न खोजेकाले त्यसको भ्रममा नपर्न प्रचण्डले आग्रह गरे । ‘संघीयताकै लागि जनयुद्ध लडेको माओवादी विरोधी, राजावादीहरूसँग साँठगाँठ गर्ने चाहिँ संघीयता पक्षधर कदापी हुन सक्दैन । माओवादीले संघीयतालाई छोड्नै सक्दैन तपाईंहरू भ्रममा नबस्नुस्, उनले भने ।

आगामी निर्वाचनमा प्रदेश १ माओवादीमय बन्ने प्रचण्डको दाबी छ ।

सम्बन्धित समाचार

सबै