प्रदेश प्रमुख मिश्रद्धारा दुई नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण – The kathmandu news

प्रदेश प्रमुख मिश्रद्धारा दुई नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण

जनकपुरधामः प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आज (आइतबार) बिहान शपथ ग्रहण गरेका हुन्।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

5StarEssays Discount Promo Codes Up to 40% Rushmyessays.org Discount Code